PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अस्ट्रेलियामा फेरि संक्रमणको त्रास, सिड्नी सिटी सेन्टरलगायत क्षेत्रमा लकडाउन



पहिलोपोस्ट

अस्ट्रेलियामा फेरि संक्रमणको त्रास, सिड्नी सिटी सेन्टरलगायत क्षेत्रमा लकडाउन
Getty Images

अस्ट्रेलियाको सिड्नी सेन्ट्रल र बोन्डी बिचसहित अन्य पूर्वीय उपनगरहरूमा लकडाउन हुने भएको छ। कोभिड-१९ संक्रमणका नयाँ केसहरू देखिएपछि दश लाखभन्दा बढी मानिसहरूको दैनिकी ठप्प हुने भएको हो।

आधिकारिक तथ्याङ्कका अनुसार त्यहाँ बढी संक्रामक डेल्टा भेरियन्ट पुष्टि भएको हो। शुक्रवारमात्र थप १७ जनामा संक्रमण पुष्टि भयो। त्यससँगै कुल संक्रमित संख्या ६५ पुगेको छ। संक्रमण फैलन नदिन लकडाउन हुने भएको हो। गत डिसेम्बरयता यो पहिलो लकडाउन हुनेछ।

हालसम्म संक्रमणदर निकै कम राख्‍न सफल देशमा 'स्टे एट होम' निर्देशनले असर गर्ने बीबीसीमा जनाइएको छ।

'हामी परिस्थिति बिग्रियोस् भन्ने चाहँदैनौं। यो अवस्थाको चाँडै अन्त्य होस्,' न्यू साउथ वेल्सका प्रमुख ग्ल्याडी बेरेजिकलियनले भनिन्। स्वास्थ्य विज्ञहरूको सल्लाह अनुरुप शहरको ठूलो भाग बन्द नगर्न लक्षित ठाउँहरूमा मात्र लकडाउन जारी गर्न लागिएको हो।  

शनिवारदेखि संक्रमण देखिएका क्षेत्रका मानिसहरू अत्यावश्यक बाहेक अन्त काममा निस्कन पाउँदैनन्। २५ जुनदेखि जारी हुने निर्देशन जुलाई २ तारिखसम्म लागू हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell