PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

फेरि एकै ठाउँमा भेला भए सभापतिका तीन आकांक्षी, शंशाक निवासमा छलफल



फेरि एकै ठाउँमा भेला भए सभापतिका तीन आकांक्षी,  शंशाक निवासमा छलफल

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरुबीच भेट बाक्लिन थालेको छ। आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल डाकेको पूर्व सन्ध्यामा सभापतिका तीन आकांक्षी बिच महाराजगञ्जमा छलफल भएको छ।

बिहान ११ बजेबाट महामन्त्री शशांक कोइराला निवासमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री कोइराला र नेता प्रकाशमान सिंहबिच भेट भएको हो। भेटमा १४ औं महाधिवेशन केन्द्रित कुराकानी भएको बताइएको छ। कांग्रेस एकतावद्ध बनाउने र महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा तीन नेता बिच कुराकानी भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

गएको सोमवारमात्र तीन नेता बिच निधि निवासमा भेट भएको थियो। पछिल्लो समय तीन नेताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। तीनै जना नेता कांग्रेसको संस्थापक नेताहरु महेन्द्रनारायण निधि, बीपी कोइराला र गणेशमान सिंहका छोराहरु हुन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलले सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेको बेला लिगेसी बोकेका तीन नेताको छलफल बढ्न थालेको हो।

अघिल्लो भेटमा ३ नेताबिच पाँच बुँदामा सहमति भएको थियो। यही छलफलको निरन्तरता आजको भेट भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell