PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राष्ट्रगानका गायक अजय थापाको निधन



रासस

राष्ट्रगानका गायक अजय थापाको निधन

काठमाडौं : नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको शुक्रवार कोरोनाबाट निधन भएको छ। मेचीनगर नगरपालिका ३ बडाखाल निवासी थापामा गत आइतबार कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनलाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा शुक्रवार बिहान ६ बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए। उनकी पत्नी राधा थापासमेत कोरोना संक्रमण भएर सोही हस्पिटलमा उपचाररत् छिन्।

विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell