PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न तिमल्सिनाको निर्देशन



पहिलोपोस्ट

राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न तिमल्सिनाको निर्देशन

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी १७ गतेबाट सुरु हुने राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी थाल्न निर्देशन दिएका छन्।
हिजो मात्रै 

राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन्। शुक्रवार संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई तिमिल्सिनाले निर्देशन दिएका हुन्।

यसअघि शुक्रवार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग संसद बैठकबारे परामर्श गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell