PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'भूकम्प फेरि आउँदैछ' भन्दै प्रदर्शनमा उत्रे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर

'भूकम्प फेरि आउँदैछ' भन्दै प्रदर्शनमा उत्रे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबार घेराउ गर्न पुगेका इन्जिनियरहरुलाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो।

बिजुली बजारबाट र्‍याली निकाल्दै इन्जिनियर माइतीघर पुगेका थिए। 'रानी पोखरी बनाउने हामी हौं, धरहरा बनाउने हामी हौं' लगायतका नारा लेखेर उनीहरुले प्रदर्शन गरेका थिए।

सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै इन्जिनियरहरु आन्दोलित हुँदै आएका छन्।

२०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भुकम्प र त्यसपश्चातको पराकम्पनले देश र देशवासी संकट परेको बेला सरकारको आह्वानमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत रही नेपालको पुननिर्माणलाई अगाडी बढाएको प्रदर्शनमा उत्रेका इन्जिनियरहरुले बताएका छन्। देश र जनताका हितका लागि इन्जिनियरिङ जनशक्तिको सिप र दक्षता खेर जान नदिन र विदेसिन बाध्य नपार्न उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन्।

भुकम्प पछिको पुनर्निमाणको काम बाँकि रहेको बेला हटाएर बेरोजगार बनाउन खोजेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको इन्जिनियरहरुले बताएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell