PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

धनुषामा अंश बण्डाको विषयमा विवाद हुँदा बुवाको हत्या गरेको अभियोगमा छोरा समातिए



पहिलोपोस्ट

धनुषामा अंश बण्डाको विषयमा विवाद हुँदा बुवाको हत्या गरेको अभियोगमा छोरा समातिए

जनकपुरधामः धनुषामा अंश बण्डाको विषयमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

धनुषाधाम नगरपालिका–१ काशीपुर बस्ने ७० वर्षीय विशो यादवको हत्या गरेको अभियोगमा छोरा श्रीकृष्ण यादव पक्राउ परेका हुन्।बुवा छोराबिच अंश बण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा श्रीकृष्णले आज बिहान करिब १ बजे मसाला कुट्ने खलको बिड प्रहार गरी बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

मृतकको टाउकोमा गहिरो चोट साथै घाँटी समेत थिचिएको देखिएको  प्रहरी उपरीक्षक रानाभाटले बताए।

मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell