PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अध्यादेशबाट संवैधानिक आयोगको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट



पहिलोपोस्ट

अध्यादेशबाट संवैधानिक आयोगको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं: संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

अधिवक्ताद्वय शैलेन्द्र अम्बेडकर र मोहना अन्सारीले शुक्रबार सर्वोच्चमा निवेदन पेश गरेका हुन्। निवेदन आइतबार दर्ता हुने अधिवक्ता अम्बेडकरले जानकारी दिए।

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग लगायतमा २० पदाधिकारी नियुक्त गरेकी थियन्। 

रिटमा गैरसंवैधानिक अध्यादेशबाट गरिएको नियुक्त बदर गर्न माग गरिएको छ। तत्काललाई नियुक्ति भएका व्यक्तिलाई काममा नलगाउनू र नियुक्ति यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ।

निवेदनमा अध्यादेशबाट दुरगामी महत्वको निर्णय गर्न नपाउने भनेर नागरिकता अध्यादेश र चुरेसम्बन्धी मुद्दामा अदालत बोलिसकेकाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबाट गरिएको दुरगामी महत्वको नियुक्ति पनि अवैध हुने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell