PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

एमालेले गर्‍यो कर्णालीमा नेपाल पक्षका तीन सांसदलाई निलम्बन



पहिलोपोस्ट

एमालेले गर्‍यो कर्णालीमा नेपाल पक्षका तीन सांसदलाई निलम्बन

सुर्खेतः नेकपा (एमाले) ले कर्णाली प्रदेश सभाका तीन सदस्यलाई एक महिनाका लागि निलम्बन गरेको छ। निलम्बित सदस्यहरु प्रदेश सरकारका मन्त्री समेत हुन्। प्रदेश कमिटीको निर्णय अनुसार अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा एक महिनाका लागि निलम्बनमा परेका हुन्।

शुक्रबार बसेको ओली समूहको संसदीय दलको बैठकले दलको निर्णयको पालना नगरेको भन्दै निलम्बन गरेको हो। निलम्बनको जानकारी प्रदेशसभा सचिवालयमा पठाइएको छ। सभाले उक्त जानकारी अनुसार सूचना समेत जारी गरेको छ।

सर्वाेच्च अदालतको अन्तरिम आदेशले पुनर्बहाली भएका थापा, शाही र बुढालाई पार्टीले सरकार छाड्न निर्देशन दिएको थियो । निर्णय नमानेपछि निलम्बन गरिएको हो।

यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा पार्टी ह्वीप विपरीत उनीहरुले मत दिएका थिए। सोपछि एमालेले उनीहरुलाई सदस्यबाट नै हटाएको थियो।

मन्त्रीले सरकार नछाडेको भन्दै एमालेले प्रदेशसभाको काम कारबाहीमा समेत अवरोध पु¥याउँदै आएको छ। शुक्रबार पनि एमालेकै अवरोधका कारण बैठक स्थगित भयो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell