PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

युरो कपको अन्तिम १६ का खेल आजबाट सुरु हुँदै, आज दुई खेल



पहिलोपोस्ट

युरो कपको अन्तिम १६ का खेल आजबाट सुरु हुँदै, आज दुई खेल

यूईएफए युरो कपमा आजबाट अन्तिम १६ का खेलहरु सुरु हुँदैछन्। नकआउट चरणमा आज दुई खेलहरु हुँदैछन्।

आज हुने पहिलो खेलमा समूह 'ए' को उपविजेता वेल्स र समूह बी को उपविजेता डेनमार्क प्रतिस्पर्धामा उत्रँदै छन्। खेल बेलुकी पौने १० बजे सुरु हुनेछ।

समूह चरणमा वेल्सले तीन खेलमा १ जित, १ बराबरी र १ पराजय ब्यहोर्दै दोस्रो स्थानमा रहेर नकाउट चरणमा आइपुगेको थियो। त्यस्तै सुरुवाती दुई खेलमा पराजय ब्यहोरेको डेनमार्कले समूहको अन्तिम खेलमा रसियामाथि फराकिलो जित निकाल्दै गोलअन्तरको आधारमा नकाउट चरणमा प्रवेश गरेको थियो।

त्यस्तै आजै राति हुने दोस्रो खेलमा इटली र अस्ट्रिया आमनेसामने हुनेछन्। वेम्बली स्टेडियममा समूह 'ए'को विजेता इटली र समूह 'सी' को उपविजेता अस्ट्रिया राति पौने १ बजे आमनेसामने हुनेछन्।

कुन कुन टिम भिड्नेछन् अन्तिम १६ मा?

अन्तिम १६ को टुंगो भएसँगै कुन टिमले कुन टिमसँग प्रतिस्पर्धा गर्ने भन्नेसमेत टुंगो लागेको छ।

वेल्स भर्सेस डेनमार्क: शनिवार बेलुकी पौने १० बजे

इटली भर्सेस अस्ट्रिया: शनिवार राति पौने १ बजे

नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक : आइतवार बेलुकी पौने ९ बजे

बेल्जियम भर्सेस पोर्चुगल : आइतवार राति पौने १ बजे

क्रोएसिया भर्सेस स्पेन : सोमवार बेलुकी पौने १० बजे

फ्रान्स भर्सेस स्वीजरल्याण्ड : सोमवार राति पौने १ बजे

इङ्ग्ल्याण्ड भर्सेस जर्मनी: मंगलवार बेलुकी पौने १० बजे

स्वीडेन भर्सेस युक्रेन: मंगलवार राति पौने १ बजे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell