PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सामान्य विवादमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या, हत्या अभियोगमा अपरेटर पक्राउ



पहिलोपोस्ट

सामान्य विवादमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या, हत्या अभियोगमा अपरेटर पक्राउ

काठमाडौं : सर्लाहीमा वडा अध्यक्षको हत्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ का सूर्यकुमार श्रेष्ठको हत्या भएको हो। श्रेष्ठलाई एक्स्भेटरको बकेटले हिर्काएर एक्स्काभेटरका अपरेटरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

'शुक्रवार राति करिब १० बजेतिर सामान्य विवाद हुँदा अपरेटले हत्या गरेको देखियो,' जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौंरले भने।

हत्या गरेको अभियोगमा प्रहरीले एक्सकाभेटरका अपरेटर हर्षबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। प्रहरीको अनुसन्धानमा उनीहरूले सँगै बसेर रक्सी खाएको त्यसपछि सामान्य विवाद हुँदा हत्या भएको देखिएको छ। उनीहरु पोखरी खनिरहेको ठाउँ हेर्न भन्दै घटनास्थल पुगेका थिए।

'हिलोमा वडाध्यक्षको चप्पल गाडिएको थियो। त्यसपछि वडाध्यक्षले निकालेर तामाङलाई बोक्न भनेका थिए। त्यही विषयमा विवाद हुँदा हत्या गरेको देखिन्छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

हत्यापछि फरार रहेका तामाङलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell