PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

गृहमन्त्री पौडेलले गृह जिल्ला पुगेर भने : जनादेशको आधारमा आफ्नो भूमिका निर्वाह गरौँ



पहिलोपोस्ट

गृहमन्त्री पौडेलले गृह जिल्ला पुगेर भने : जनादेशको आधारमा आफ्नो भूमिका निर्वाह गरौँ

बुटवल : गृह तथा अन्य ५ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेल यतिबेला गृह जिल्ला रुपन्देहीमा छन्।

कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको उद्घाटनका लागि बुटवल आएका उनले  लोकतन्त्रको प्राण निर्वाचन भएको बताउँदै ताजा जनादेशबाटै मुलुकले निकास पाउने दावी गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि दलहरूले सरकार बनाउन नसक्दा बाध्य भएर विघटन गर्नुपरेको उनको तर्क थियो।

शनिवार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै उनले निर्वाचन नै अबको निकास भएको बताए। ‘जनादेशको आधारमा आफ्नो भूमिका निर्वाह गरौँ,’ उनले भने। 

आफ्नो गृहनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका पौडेलले निर्वाचनको तयारीमा लाग्न आग्रह गरे।

संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्ने अठोट गरेकोमा अनपेक्षित दृश्य देखा परेको बताए। उनले सरकारले निर्वाचनमा व्यक्त गरेअनुसार विकासका नयाँ नयाँ काम गरेको दावी पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell