PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

माओवादीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित गुप्ता एमाले जिल्ला सचिवमा मनोनीत



पहिलोपोस्ट

माओवादीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित गुप्ता एमाले जिल्ला सचिवमा मनोनीत

वीरगंजः पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता नेकपा (एमाले) पर्साको सचिवमा मनोनीत भएका छन्। एमाले प्रदेश २ को जेठ ३० गतेको निर्णय अनुसार गुप्तालाई मनोनयन गरिएको हो। असार १० गते प्रदेश कमिटी अध्यक्ष ज्वालाकुमारी साहले जारी गरेको विज्ञप्तिले उनलाई सचिवको जिम्मेवारी दिइएको छ।

गुप्ता नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षमा निर्वाचित भएका थिए। दल परिवर्तन गरेसँगै उनीमाथि के हुने भन्ने अहिले बहसको विषय बनेको छ। माओवादी केन्द्रले उनलाई दल त्यागमा कारबाही गर्न सक्नेछ।

सर्वोच्च अदालतले ततकालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेता प्रभु साहनिकटको समूह एमालेतिर लागेको छ। गुप्ता पनि साह निकट हुन्।

पदमुक्त भए पनि जनताबीच रहन्छु

गुप्ताले अध्यक्षबाट पदमुक्त भए पनि आफू जनताकै बीचमा रहने बताए। उनले भने, ‘२७ सदस्यीय कार्यपालिकामा ११ जना अन्य पार्टीका छन्। म नरहे पनि उपप्रमुख, वडाध्यक्ष तथा अन्य सदस्यहरु आफ्नै छन्। मेरै रणनीति अनुसार काम हुनेछ। जस्तो अवस्था आए पनि आफू जनताको सेवामा हुन्छु।'

एमाले प्रवेशको स्वीकार गर्दै उनले परिणाम भोग्न तयार रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell