मध्यपुरथिमि : खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका-४ चाँगुस्थित एक घरमा आगलागी भएको छ। आगलागीबाट स्थानीय दीपक मिजार र सानचरीको नगद ३५ हजार रुपैयाँसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद पाँच हजार रुपैयाँसहित लत्ताकपडा, खाद्यान्न र ग्यास चूलो लगायतको सामग्री सहयोग गरेको थियो।