PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

अस्ट्रियामाथि जित निकाल्दै इटली क्वाटरफाइनलमा



पहिलोपोस्ट

अस्ट्रियामाथि जित निकाल्दै इटली क्वाटरफाइनलमा
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा अस्ट्रियालाई हराउँदै इटली क्वाटरफाइनलमा प्रवेश गरेको छ। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा सम्पन्न खेलमा अस्ट्रियामाथि २-१ गोलअन्तरले हराएको हो।

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समयसम्म खेल बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयसम्म पुगेको थियो। जसमा फेडेरिको किएजाले इटलीलाई अग्रता बनाए। उनले खेलको ९५ औं मिनेटमा गोल गरे। त्यस्को दश मिनेट नबित्दै म्याट्टेओ पेसिनाले गोल थप्दा  इटलीले २-० को अग्रता बनायो। उता अस्ट्रियाका सासाकलाज्जिकले ११४ औं मिनेटमा गोल गर्दै आफ्नो टीमलाई खेलमा फर्काउन चाहेका थिए। यद्यपि उनको गोल अस्ट्रियालाई खेलमा फर्काउन पर्याप्त बनेन र इटलीले खेल आफ्नो पक्षमा पार्‍यो।

इटलीले आफ्नो अर्को खेलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ।

यसअघी समूह 'ए' मा रहेको इटलीले समूह चरणमा टर्की र स्वीजरल्याण्डलाई समान ३-० गोल अन्तरले हराएको थियो भने वेल्सलाई १-० को गोलअन्तरले हराएको थियो। इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो।

आजै राति सम्पन्न पहिलो खेलमा वेल्समाथि ४-० को फराकिलो जित निकाल्दै डेनमार्कले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell