PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

बालसुधार गृहको छतबाट हाम फालेर चार जना भागे,घाइते अबस्थामा प्रहरीले नियन्त्रणमा लियो



पहिलोपोस्ट

बालसुधार गृहको छतबाट हाम फालेर चार जना भागे,घाइते अबस्थामा प्रहरीले नियन्त्रणमा लियो

काठमाडौंः बालसुधार गृहको छतबाट हाम फालेर चार जना बाल बिज्याइकर्ताहरु भागेका छन्।

मोरङको विराटनगर महानगरपालिका वडा नम्वर ३ स्थित बालसुधार गृहको छतबाट भागेका हुन्। शनिवार दिउँसो सवा ३ बजे उनीहरु छत माथिबाट हाम फालेर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मन्जिल मुकारुङले जानकारी दिए।

फरार रहेका चार जनामध्ये एक जनालाई तत्कालै र बाँकी तीन जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित पुलचोक नहर छेउबाट नियन्त्रणमा लिएको डिएसपी मुकारुङले जानकारी दिए। उनी घाइते अबस्थामा फेला परेकाले उपचारको लागि अस्पताल पठाइएको छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell