PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

बैरागी काइँलालाई ब्रेन स्ट्रोक, आइसीयूमा उपचार हुँदै



पहिलोपोस्ट

बैरागी काइँलालाई ब्रेन स्ट्रोक, आइसीयूमा उपचार हुँदै

काठमाडौं : साहित्यकार तिलबिक्रम नेम्वाङ (बैरागी काइँला) को आइसीयूमा उपचार भइरहेको छ। विहीवार राति मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको हो।

'सुत्न जाँदा बुवा अचानक ढल्नु भयो। दाहिने खुट्टा र हात चलिरहेको थिएन। उहाँलाई राति नै अस्पताल ल्याएका थियौँ, ब्रेन स्ट्रोक भएको रहेछ,' उनकी छोरी नओमती लिम्बुले जानकारी दिइन्।

हाल उनको होस आइसकेको छ। साथै मान्छे चिन्नुका साथै अलिकति बोल्न सक्ने समेत भएका छन्। पाँचदेखि सात दिनसम्म स्ट्रोक दोहोरिने सम्भावना हुने भएकाले डाक्टरहरूको उच्च निगरानीमा आइसीयूमै राखेर उपचार गरिने लिम्बुले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell