PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कोपा अमेरिकामा दुई खेल: ब्राजिललाई इक्वेडरको चुनौती



पहिलोपोस्ट

कोपा अमेरिकामा दुई खेल:  ब्राजिललाई इक्वेडरको चुनौती

कोपा अमेरिका अन्तर्गत भोलि बिहान समूह 'बी' का दुई खेल हुँदैछन्।

सोमवार बिहान हुने पहिलो खेलमा ब्राजिल र इक्वेडर आमनेसामने हुनेछन्। बिहान पौने तीनबजे स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा हुने खेलमा समूहको शीर्षस्थानमा रहेको ब्राजिललाई समूहको चौथो स्थानमा रहेको इक्वेडरले चुनौती दिनेछ।

आयोजक ब्राजिल समूहका तीन खेलमा लगातार जित निकाल्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ भने इक्वेडरले १ हार र २ बराबरी खेल्दै समूहको चौथो स्थानमा छ।

त्यस्तै भोलि बिहान नै हुने खेलमा भेनेजुएला र पेरु आमनेसामने हुनेछन्। तीन खेलमा समान १ जित, १ हार र १ बराबरी ब्यहोरेको पेरु ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ। त्यस्तै तीन खेलमध्ये २ वटामा बराबरी र एउटामा हार ब्यहोरेको भेनेजुएला समूहको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell