PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

चार विनाविभागीयमा दुईलाई मिल्यो भाग, दीपक मनाङे र हरिशरण आचार्यसँग मिलेन कुरो



रिना थापा

चार विनाविभागीयमा दुईलाई मिल्यो भाग, दीपक मनाङे र हरिशरण आचार्यसँग मिलेन कुरो

पोखरा : गण्डकी प्रदेश सरकार गठन भएको आधा महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। २९ जेठमा विना विभागीयमा नियुक्त भएका ४ मन्त्रीहरुले आज पाउने भनिएको जिम्मेवारीमा २ मन्त्रीलाई पुन: विना विभागीयमै राखिएको छ।

जनता समाजवादी पार्टीका हरिशरण आचार्य र  स्वतन्त्र सांसद राजीव गुरुङ ( दीपक मनाङे)लाई  विनाविभागीय मन्त्री बनाएको हो। 

सरकार गठन प्रक्रियामा कांग्रेसले गठबन्धन सरकारसँग गरेको सम्झौतामा कार्यान्वयन गर्न नसकेपछि सरकार विस्तार  प्रक्रियामा किचलो देखिएको हो। 

गठबन्धन सरकारसँग बारम्बार गरेको छलफलले पनि सहमति ल्याउन नसकेपछि मुख्यमन्त्री लगायतको टोली काठमाडौं पुगेको थियो। शीर्ष नेतालाई भेटेर आए लगत्तै जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यलाई सिंचाइ मन्त्रालय र राजीव गुरुङ (दीपक मनाङे) लाई खेलकुद मन्त्रालय दिने बताएका थिए। जसपाले पनि सिंचाइ मन्त्रालयको जिम्मेवारी लिन तयार भएको बताएको थियो। तर, दीपक मनाङेले सकेसम्म भौतिक मन्त्रालयले नै सम्हाल्ने अडान लिएका थिए।

जसपाले अर्थ मन्त्रालय दाबी गर्दै आएको छ भने मनाङेले भौतिक मन्त्रालय पाउनुपर्नेमा अडान राखेका छन् । यता नेकपा ( माओवादी)ले पनि अर्थ वा भौतिक मन्त्रालय पाउनुपर्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell