PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

एम फिल र पीएचडीको पढाई नि:शुल्क हुनुपर्ने माग गर्दै विद्यार्थीको प्रदर्शन

एम फिल र पीएचडीको पढाई नि:शुल्क हुनुपर्ने माग गर्दै विद्यार्थीको प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा एम फिल र विद्यावारिधी (पीएचडी) को पढाई नि:शुल्क गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

त्रि वि विद्यार्थी संघर्ष समितिले आज कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राखेका हुन्।

विद्यार्थीहरुले एफ फिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउन समेत माग समेत गरेका छन्। साथै उनीहरुले ग्र्याजुयट स्कुल अफ सोसल साइन्सको पनि माग गरेका छन्।

विद्यार्थीहरुले विश्वविद्यालयमा व्यापारको थलो बनाउन र राजनीतिक भागभण्डा अन्त्य गर्न भन्दै नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell