PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

न्यूरोडमा ८ वर्षीया बालिकाको बलात्कार



पहिलोपोस्ट

न्यूरोडमा ८ वर्षीया बालिकाको बलात्कार
प्रतीकात्मक फोटो।

काठमाडौं : शनिवार दिउँसो न्यूरोडमा एक आठ वर्षीय बालिकाको बलात्कार भएको छ।

शनिवार दिउँसो करिव साढे दुई बजे जुद्ध शम्शेरको शालिक नजिकै बालिका बलात्कार भएको भएको महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी वीरबहादुर मल्लले जानकारी दिए। प्रहरीले करणीको अभियोगमा धादिङ धुनिवेशी नगरपालिका सूर्य तामाङलाई नियन्त्रणमा लिएको छ।

अभियुक्त तामाङ रिक्सा चालक हुन्। उनी यसअघि पटकपटक अभद्र तथा चोरी अभियोगमा पक्राउ पर्दै आएका व्यक्ति हुन्। पीडित बालिका डेरा फर्किँदै गर्दा तामाङले पार्किङमा रहेको गाडी पछाडि लगेर जबर्जस्ती गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनको त्यो हर्कत देख्नासाथ त्यहाँ प्रहरीलाई खबर गरिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell