PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सहकारी संस्था 'टार्गेट' गरेर चोरी गर्ने युवक समातिए, सात वटा सहकारीबाट ४३ लाख रुपैयाँ र ९ तोला सुन थिए उडाएका



पहिलोपोस्ट

सहकारी संस्था 'टार्गेट' गरेर चोरी गर्ने युवक समातिए, सात वटा सहकारीबाट ४३ लाख रुपैयाँ र ९ तोला सुन थिए उडाएका

काठमाडौं : काठमाडौंभित्र रहेका विभिन्न सहकारी संस्थाबाट नगद तथा सुन चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोट वेल्कोट नगरपालिका घर भएका २२ वर्षीय दीपक गजुरेलाई पक्राउ गरेको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। गजुरेललाई प्रहरीले शनिवार  गौशालामा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

उनको साथबाट प्रहरीले सीसा काट्ने मेसिन, मास्टर चावी, विभिन्न बैकको खातामा जम्मा गरेको नगद समेत बरामद गरेको एसपी बस्नेतले जानकारी दिए। उनले अहिलेसम्म विभिन्न ७ वटा सहकारीबाट ४३ लाख ९७  हजार ३ सय २६ रुपैयाँ चोरी गरेको देखिएको छ। त्यस्तै ९ तोला सुन समेत चोरी गरेको प्रहरीले जानकारी दिएको छ।

गजुरेलले २०७७ माघ १५ गते बानेश्वरको बेबिलोन उपभोक्ता सहकारी संस्थाबाट ७ लाख २ हजार ६ सय ३६ रुपैयाँ चोरी गरेका थिए। त्यस्तै शंखमुलको घर संसार सहकारीबाट २ लाख २४ हजार ९४ रुपैयाँ, मित्रपार्कको पन्च श्री बचतबाट १४ लाख ९८ हजार रुपैयाँ,  कोटेश्वरको सिमश स्वामी बचतबाट २ लाख रुपैयाँ गरेर विभिन्न ७ वटा सहकारीमा चोरी गरेको खुलेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell