PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

उपत्यकामा थप एक साता निषेधाज्ञा गर्न तीन जिल्लाका सिडिओ सहमत : सार्वजनिक सवारी खोल्ने विषय छलफलमा नै



पहिलोपोस्ट

उपत्यकामा थप एक साता निषेधाज्ञा गर्न तीन जिल्लाका सिडिओ सहमत : सार्वजनिक सवारी खोल्ने विषय छलफलमा नै

काठमाडौंः काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्बियाउन विषयमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएका छन्।

आज उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबिच थप एक साता निषेधाज्ञा गर्ने सहमति भएपनि कुनै निर्णय भने हुन सकेन।

'केही क्षेत्रलाई खुकुलो र केहीलाई थप कडाइ गर्नुपर्ने देखिएको छ। त्यसलाई कसरी वैज्ञानिक बनाउने भन्ने छलफलमा नै समय बित्यो,' जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकरी ढुण्डी प्रसाद निरौलाले भने।

यसपटक थपिएको निषेधाज्ञा केही खुकुलो बनाइने तयारी गरिएको छ। सार्वजनिक सवारी साधनलाई पनि वैज्ञानिक ढंगबाट संचालन गर्ने विषयमा छलफल भएको छ। सवारीको सिट क्षमता र जोरबिजोर नम्बरको आधारमा चल्न दिने विषयमा बैठकमा छलफल भएको हो।

'सार्वजनिक सवारीको विषयमा छलफल भयो। चल्नदिने भए कसरी वैज्ञानिक तरिकाले चलाउने भन्ने विषयमा छलफल भएको छ। तर केही निर्णय भएको छैन। भोलि फेरी छलफल गरेर निर्णय हुन्छ,' प्रजिअ निरौलाले भने।

यसअघि समय र बाार निर्धारण गरेर पसल खोल्न दिएका पसलहरुको समय केही थप गरिने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको छ। थप गरिएको निषेधाज्ञा भोली राति १२ बजेबाट सकिदैंछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell