PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा



पहिलोपोस्ट

पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा बेल्जियमले साविक विजेता पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

बेल्जियमको जितमा थोर्गेन हजार्डले निर्णायक गोल गरे। उनले खेलको ४२ औं मिनेटमा गरेको गोल पोर्चुगललाई हराउन पर्याप्त बन्यो। दोस्रो हाफमा पोर्चुगलले बेल्जियममाथि दवाब बढाए पनि गोल फर्काउन सकेन। यद्यपि केही राम्रा अवसरहरु भने बनाएको थियो।

आजै राति सम्पन्न पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिकले क्वाटरफाइनलको यात्रा तय गरेको थियो।

युरो कपमा भरे राति पनि दुई खेल हुनेछन्। पहिलो खेलमा क्रोएसिया र स्पेन पौने १० बजे भिड्नेछन् भने फ्रान्स र स्वीजरल्याण्ड पौने १ बजे भिड्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell