PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

'मैले जे गरेँ, त्यसका कारण हामीले खेल हार्‍यौं' : डी लिट



पहिलोपोस्ट

'मैले जे गरेँ, त्यसका कारण हामीले खेल हार्‍यौं' : डी लिट
Getty Images

यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधिको प्रवल दाबेदार मानिएको नेदरल्याण्ड्स अन्तिम १६ को खेलमा चेक रिपब्लिकसँग स्तब्ध हुन पुग्यो। हंगेरीस्थित पुस्कास एरेना स्टेडियममा १० खेलाडीमा समेटिएको नेदरल्याण्ड्स चेक रिपब्लिकसँग २-० स्तब्ध भएको हो।

खेलको ५५ औँ मिनेटमा म्याथियस डी लिटले रातो कार्ड खाँदै बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा सीमित भयो। पेनाल्टी क्षेत्रबाहिर लडेका उनले बल हातले तानेपछि रेड कार्ड खाएका थिए। त्यसपछि भने नेदरल्याण्ड्स झनै दबाबमा पर्‍यो।

खेलको ६८ औँ मिनेटमा टोमस होल्सको गोलमार्फत चेक रिपब्लिकले अग्रता बनायो। ८० औँ मिनेटमा प्याट्रिक सिकले अर्को गोल थप्दा चेक रिपब्लिकले खेल २-० ले आफ्नो पक्षमा पार्‍यो।

खेल पछि प्रतिकृया दिँदै म्याथियस डी लिटले टिमले खेल हार्नुमा आफ्नो गल्ती रहेको बताएका छन्।

'मैले जे गरेँ, त्यसका कारण हामीले खेल हार्‍यौं।' उनले भने, 'पक्कै पनि यसले गर्दा नराम्रो महसुस हुन्छ। त्यो नियन्त्रणमै थियो। बल आयो र मैले बाउन्स हुन दिएँ। म मैदानमा लडेँ र हातले बल तान्न पुगेँ।'

उनले अगाडि भनेका छन्: यो क्षणले खेल परिवर्तन गरिदियो। र, यसको जिम्मेवारी म आफूलाई ठान्छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell