PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

क्वाटरफाइनलमा बेल्जियमको प्रतिस्पर्धी इटली



पहिलोपोस्ट

क्वाटरफाइनलमा बेल्जियमको प्रतिस्पर्धी इटली
Photo: Reuters

यूईएफए युरो कपमा अहले अन्तिम १६ का खेलहरु चलिरहेका छन्। अन्तिम १६ का चारवटा खेल सकिँदै गर्दा क्वाटरफाइनलका समीकरण पनि बन्दै गएका छन्।

अन्तिम १६ को खेलबाट हालसम्म डेनमार्क, इटली, चेक रिपब्लिक र बेल्जियमले क्वाटरफाइनलमा स्थानमा बनाइसकेका छन्। यसको आधारमा क्वाटर फाइनलको दुईवटा खेल खेल्ने टिमको टुंगो लागिसकेको छ।

क्वाटरफाइनल अन्तर्गत जुलाई ३ मा हुने खेलमा डेनमार्क र चेक रिपब्लिक आमनेसामने हुनेछन्। अन्तिम १६ मा डेनमार्कले वेल्समाथि ४-० को फराकिलो जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो भने चेक रिपब्लिकले हेबि वेट नेदरल्याण्ड्सलाई २-० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो।

त्यस्तै क्वाटरफाइनलकै अर्को खेलमा बेल्जियम र इटली आमनेसामने हुनेछन्। अन्तिम १६ मा इटलीले अस्ट्रियालाई २-१ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो भने बेल्जियमले पोर्चुगलमाथि १-० को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको थियो।

अन्तिम १६ मा अब ४ वटा खेल हुन बाँकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell