PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

समूह 'बी' बाट भेनेजुएला बाहिरियो, समूह विजेता ब्राजिल बराबरीमा रोकियो



पहिलोपोस्ट

समूह 'बी' बाट भेनेजुएला बाहिरियो, समूह विजेता ब्राजिल बराबरीमा रोकियो
Copa America

कोपा अमेरिका अन्तर्गत आज बिहान समूह 'बी' का अन्तिम दुई खेल सम्पन्न भएका छन्।

आज स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो। नेइमार, थिएगो सिल्भा लगायतका स्टार खेलाडी बिनै मैदान उत्रिएको ब्राजिल इक्वेडरसँग १-१ को बराबरीमा रोकिएको हो।

खेलको ३७ औं मिनेटमा इडर मिलिटाओको गोलमा अग्रता बनाएको ब्राजिल पहिलो हाफमा एक गोलले अघि रह्यो। यद्यपि दोस्रो हाफमा इक्वेडरले खेल बराबरीमा ल्यायो। इक्वेडरका लागि एन्जेल मेनाले ५३ औं मिनेटमा गोल गरे।

त्यस्तै आज बिहाननै सम्पन्न अर्को खेलमा पेरुले भेनेजुएलालाई १-० ले हरायो। माने गरिन्छा स्टेडियममा सम्पन्न खेलमा आन्द्रे कारिल्लोको निर्णायक गोलमा पेरुले जित निकालेको हो।

योसँगै समूह 'बी' का खेलहरु सकिएका छन्। समूहबाट १० अंक जोडेको ब्राजिल समूह विजेता, ७ अंक जोडेको पेरु दोस्रो, ४ अंक जोडेको कोलम्बिया तेस्रो र ३ अंक जोडेको इक्वेडर चौथो स्थानमा रहँदै अन्तिम ८ मा प्रवेश गरे। समूह 'बी' बाट भेनेजुएला भने बाहिरिएको छ।

समूह 'ए' अन्तर्गत भोलि बिहान अन्तिम दुई खेल हुँदैछ। जसमा अर्जेन्टिना र बोलिभिया भिड्नेछन् भने उरुग्वे र पाराग्वे भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell