PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

काठमाडौंका सीडीओ पराजुली भन्छन् : सार्वजनिक सवारी खोल्ने विषय छलफलमा नै छ



पहिलोपोस्ट

काठमाडौंका सीडीओ पराजुली भन्छन् : सार्वजनिक सवारी खोल्ने विषय छलफलमा नै छ

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भोलिबाट सार्वजनिक सवारी खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्।

काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्बियाउन विषयमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएपनि सवारी साधान खोल्न विषयमा भने कुनै टुङ्गोमा पुग्न सकेका छैनन्। तर सवारी साधान खोल्दा कसरी खोल्न भन्ने विषयमा भने गहन छलफल भएको छ।

'छलफल भइरहेको छ। खोल्ने वा नखोल्ने भन्ने कुनै ठोस निर्णय गरिसकेका छैनौं। आज फेरि छलफल गरेर दिउँसो निर्णय लिन्छौं,' प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।

आज उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बिच फेरि बैठक बसेर निर्णय हुनेछ।

यसपटक थपिएको निषेधाज्ञा केही खुकुलो बनाइने तयारी गरिएको छ। सार्वजनिक सवारी साधनलाई पनि वैज्ञानिक ढंगबाट संचालन गर्ने विषयमा छलफल भएको हो। सवारीको सिट क्षमता र जोरबिजोर नम्बरको आधारमा चल्न दिने विषयमा बैठकमा छलफल भएको हो।

त्यस्तै, मानिसको भिडभाड हुने क्षेत्रहरु सपिङ मल, विद्यालय, पार्टी, सेमिनार भने अझैं केही साता खुल्न नदिने समेत सहमति भएको छ।

यसअघि समय र बार निर्धारण गरेर पसल खोल्न दिएका पसलहरुको समय केही थप गरिने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको छ। थप गरिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell