PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

तामाङ सोसाइटी अफ अमेरिकाको विशेष अधिवेशन सम्पन्न, छेमाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति



तामाङ सोसाइटी अफ अमेरिकाको विशेष अधिवेशन सम्पन्न, छेमाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति
फोटो : Lal Tamang Pakhrin

न्युयोर्क : तामाङ सोसाइटी अफ अमेरिका(टिएसए) र तामाङ समाज अमेरिका एक भइ बनेको तामाङ सोसाइटी अफ अमेरिकाको विशेष अधिवेशन सम्पन्न भएको छ। न्युयोर्कको उडसाइडस्थित धर्म हाउसमा शनिवार भएको विशेष अधिवेशनले छेमाङ तामाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुनर्गठनसमेत गरेको छ। दुई संस्थाबीच गत मे २६ मा बुद्ध जयन्तीका दिन एकता हुने सहमति भएको थियो।

पुनर्गठित कार्यसमितिमा को को?

पुनर्गठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष -१, सचिव-१ सहित बोर्ड अफ डाईरेक्टर-६ जना थप गरिएको छ। तामाङ समाज अमेरिकाका तत्कालीन अध्यक्ष सानुमाया लामा पूर्वअध्यक्षको सम्मान दिइएको छ।

अध्यक्षमा तामाङ सोसाइटी अफ अमेरिकाका साविककै अध्यक्ष छेमाङ तामाङले निरन्तरता पाए। समाजबाट आएका बुद्धिमान तामाङ वरिष्ठ उपाध्यक्ष बने। त्यस्तै पुनर्गठित कार्यसमितिका उपाध्यक्षमा कुन्साङ लामा, महासचिवमा प्रविण मोक्तान, सचिवहरु राम गोले, रोजबहादुर घिसिङ, कोषाध्यक्षमा निमा ल्हमु लामा, सहकोषाध्यक्ष मनोज तामाङ रहेका छन्। सचिव घिसिङ समाजका हुन्। सदस्यहरुमा सोनाम लामा, सुनिता तामाङ, चन्द्र बज्यु, पासाङ लामा, अनिता लामा, सानू मोक्तान, धावा तामाङ, तुलबहादुर तामाङ, सुरेन्द्र तामाङ, चन्द्र तामाङ, फुरु तामाङ, कुङ्गा ग्यात्सो लामा, दीपेन्सा लामा रहेका छन्। तुलबहादुर, सुरेन्द्र, चन्द्र, फुरु, कुङ्गा, दीपेन्सा समाजबाट आएकाहरु हुन्। तुलबहादुर बोर्ड अफ डाइरेक्टर हुन्। टासी पाख्रिन न्यूजर्सी संयोजक तोकिएका छन्।

संयुक्त अध्यक्षतामा उद्घाटन्, विधान भयो संशोधन

छेमाङ र सानुमाया तामाङको संयुक्त अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र बौद्ध धर्मगुरु श्री आचार्य यल्मोपासहित द्वय अध्यक्षहरु र संस्थाका पूर्व अध्यक्षहरुद्वारा दीप प्रज्वलन गरि संयुक्त रुपमा उदघाटन गरेका थिए।

संस्थाका महासचिव प्रवीण मोक्तानले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामांङले संस्था एकीकरणका लागि भएका सबै खालका पृष्ठभूमि सहितको स्वागत मन्तव्य राखेका थिए। संस्थाका पूर्व अध्यक्षहरु इन्द्र तामाङ, सुवास लामा, सुर्य पाख्रिन, राम तामाङ, गोमा योञ्जन, सानुमाया, वुद्धिमान तामाङ, सल्लाहकार विनोद घिसिङलगायतले शुभकामना मन्तव्य राखे। यसैगरी तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका उपाध्यक्ष मोहन वाइवा, विधान संशोधन कमिटिका संयोजक बीआर लामा, हामी नेपाली ग्लोबलका अध्यक्ष नायक अमृत लामा, अग्रज रतन लामा, पूर्व महासचिव दिपेन्द्र लामा र सक्रिय युवा व्यक्तित्व छिरिङ योञ्जनले पनि शुभकामना मन्तव्य राखे।

त्यसपछि शुरु भएको बन्दसत्रमा विधान संशोधन कमिटिका संयोजक बीआर लामाले संशोधनको लागि प्रस्ताव गरेको विधान सर्वसम्मतले पारित भयो। विधान पारित लगतै संस्थाको नवनियुक्त पदाधिकारीहरुलाई अध्यक्ष छेमाङले शथग्रहण गराएका थिए।

अधिवेशन समारोहमा धर्म गुरु आचार्य यल्मोपाले संस्थाको संस्कृति तथा बौद्ध भवन निर्माण कोषको १०१५ (एक हजार  १५ डलर) रकम कोषको संयोजक इन्द्र तामाङलाई हस्तान्तरण गरे। कार्यक्रममा युवा व्यक्तित्वद्वय दीपेन्द्र लामा र डोल्मा लामा (फुर्साङ)लाई संस्थाका अध्यक्ष छेमाङले खादा ओढाएर सम्मान गरेका थिए। यसै गरी तत्कालीन तामाङ समाजका सह-कोषाध्यक्ष सजुन थोकर, सदस्यहरु विष्णु तामाङ, अरुणा तामाङ, रेणु तामाङ, युनिसा लामा, राजु ब्लोन तामाङ, दिलमाया तामाङ र सान्तबहादुर तामाङलाई अध्यक्षद्वेले प्रशंसापत्र प्रदान गरे। कार्यक्रममा तत्कालिन दुबै संस्थाहरुको कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, पूर्व पदाधिकारीहरु, तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका सह कोषाध्यक्ष श्री उमा तामाङलगायत दुबै संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो।

तामाङ समाज जीवितै?

दुई समाज एक भएको भन्दै अध्यक्ष सानुमाया तामाङलगायत अन्य पदाधिकारी र सदस्यहरु एकताका लागि गएको मौका पारी महासचिव विनिता तामाङले सोही दिन अधिवेशन गरेकी छिन्। अधिवेशनबाट विनिताको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। क्वीन्सब्रीज पार्कमा भएको अधिवेशनले विनिताको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो।

सम्मानजनक एकता नभएको भन्दै समाजकी महासचिव विनिताले यसअघि असन्तुष्टि जनाउँदै आएकी थिइन्

कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सन्तबहादुर तामाङ, उपाध्यक्ष कीर्त तामाङ, महासचिव राजु तामाङ, सचिव वुद्धिमान वाइबा, कोषाध्यक्ष दिलमाया तामाङ छन् भने सदस्यहरुमा बुद्धिमान घिसिङ, भोज गोङबा, धुतराज डुम्जन, चली तामाङ, रश्मि मम्बा, लक्ष्मी तामाङ, राज तामाङ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell