PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

फिल्मकर्मीलाई बलिउडको नक्कल नगर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह



पहिलोपोस्ट

फिल्मकर्मीलाई बलिउडको नक्कल नगर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशका फिल्मकर्मीलाई बलिउडको नक्कल नगर्न आग्रह गरेका छन्। उनले नक्कल गर्नुभन्दा नयाँ कन्टेन्टमाथि काम गर्न आवश्यक भएको सुझाव दिए।

इस्लामाबादमा आयोजिक सर्ट फिल्म फेस्टिभलमा बोल्दै उनले पाकिस्तानको फिल्म उद्योगमा मेकरले सोच्ने तरिका नयाँ हुनपर्ने समेत बताए। 'पहिले देखि पाकिस्तानी फिल्म क्षेत्र बलिउडबाट प्रभावित छ। मेरो अनुभव अनुसार यो दुनियामा ‌ओरिजिनालीटी मात्रै बिक्छ। नक्कलको कुनै मूल्य हुँदैन। त्यसैले अरुको नक्कल गर्नुभन्दा आफ्नो कन्टेन्टमा फिल्म बनाउनुहोस्,' उनले सुझाव दिए।

साथै स्थानीय विषयवस्तुमाथि फिल्म बनाएर व्यवसायिक रुपमा नै फिल्म क्षेत्रलाई अगाडि बढाउनुपर्ने उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell