PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

खुकुलो भयो काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा : कुनकुन क्षेत्र नखुल्ने?



पहिलोपोस्ट

खुकुलो भयो काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा : कुनकुन क्षेत्र नखुल्ने?

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा  एक साता थप भएको छ।

तर, केही खुकुलो बनाइएको छ। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसल सबै दिन खुल्नेछन्। त्यस्तै २५ सिट क्षमता भन्दाबढीका सार्वजनिक सवारी साधानलाई चल्न दिइएको छ। त्यस्तै विवाहमा पनि १५ जना सहभागी हुने पाउनेछन्। यसअघि १० जना मात्र सहभागी हुन पाउँथे।

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ। सभा सम्मेलन, गोष्ठी गर्न निषेध नै छ। सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, स्विमिङ पुल, सैलुन, ब्युटी पार्लर, जिमखाना, रंगशाला पनि निषेधित भित्र नै परेको छ। शैक्षिक संस्थाहरु पनि निषेधितमै परेको छ। पार्टी प्यालेस र होटलहरु पार्टी आयोजना गर्न निषेध नै छ। भोज भत्तेर लगायतका गतिविधिमाथि पनि कडाई कायमै छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell