PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

मेलम्ची बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि जुटिन् वर्षा शिवाकोटी



पहिलोपोस्ट

मेलम्ची बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि जुटिन् वर्षा शिवाकोटी

काठमाडौं : देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएका छन्। बाढी र पहिरोले घरहरू पुरिनुका साथै खेती योग्य जमिन नष्ट गरेको छ। धेरै मानिसहरू घरविहीन भएका छन्। सयौं विस्थापित पनि।

सिन्धुपाल्चोक जिल्ला बाढी र पहिरोबाट बढी प्रभावित भएको छ। जसकारण धेरै बालबालिकाहरूको पढाई प्रभावित बनेको छ। तिनै बालबालिकाको लागि भनेर अभिनेत्री वर्षा शिवाकोटीले सहयोग अभियान सुरु गरेकी छिन्। सिन्धुपाल्चोकका बालबालिकाहरूको शिक्षाको क्षेत्रमा सहयोग गर्ने उनले जानकारी दिइन्।

'सिन्धुपाल्चोक गएर त्यहाँको अवस्था हेरेर काम सुरु गर्ने कुरा भएको छ। मैले काम गरेको केही संस्थाहरूले पनि सहयोग गर्ने भन्नु भएको छ। टिमका सबै सदस्यले समेत व्यक्तिगत सहयोग गर्ने छन्। दुइ हप्ताभित्र उठेको सहयोग रकमका आधारमा हामी प्लान अगाडि बढाउने छौँ। के गर्ने भन्ने कुरा अहिले पक्का भएको छैन। तर जे गरे पनि शिक्षाको क्षेत्रमा नै हामी सहयोग गर्ने छौँ,' उनले पहिलोपोष्टसँगको कुराकानीमा बताइन्।

उक्त अभियानको नाम 'जोइन द मोमेन्ट' रहने समेत वर्षाले जानकारी दिइन्। साथै सहयोग गर्न इच्छुकहरूलाई यो अभियानमा जोडिन समेत उनले आग्रह गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell