PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

संसद् पुनर्स्थापना हुन्छ तर राजनीतिक वातावरण पुनर्स्थापना नभएको भन्दा बढी बिग्रन सक्छ : प्रचण्ड



पहिलोपोस्ट

संसद् पुनर्स्थापना हुन्छ तर राजनीतिक वातावरण पुनर्स्थापना नभएको भन्दा बढी बिग्रन सक्छ : प्रचण्ड
फाइल फोटो।

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना हुने बताएका छन्। ५ दलीय गठबन्धनले बानेश्वरमा गरेको नागरिक समाजसँगको अन्तर्क्रियामा प्रचण्डले संसद् पुनर्स्थापना हुनेगरी वहस भइरहेको बताए।

उनले तर्क र तथ्यका आधारमा अदालतले संसद् पुनर्स्थापना गर्ने बताए।

‘संसद् पुनर्स्थापना हुन्छ। सबै तथ्य तर्कका आधारमा आशंका गर्ने ठाउँ त छैन। तर, म विश्वस्त हुन सकेको छैन,’ उनले भने।

तर, अदालतले पुनर्स्थापना गरे पनि ढुक्क हुने अवस्था नरहेको प्रचण्डको भनाइ छ। उनले पुनर्स्थापना हुँदा पनि नभए भन्दा राजनीतिक वातावरण बिग्रन सक्ने बताए।

‘अझै पनि पुनर्स्थापना गरे पनि त्यो पुनर्स्थापना नगरे भन्दा रद्दी हुन सक्छ। त्यसो भएको हुँदा हामीले ढुक्क हुने स्थिति छैन,’ उनले भने।

उनले आफू अदालतप्रति कुनै आशंका व्यक्त गर्न नचाहेको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell