PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ओलीलाई प्रचण्डको जवाफ : उहाँको आजको भाषण सुन्दा कठै विचरा भन्न मन लाग्छ



पहिलोपोस्ट

ओलीलाई प्रचण्डको जवाफ : उहाँको आजको भाषण सुन्दा कठै विचरा भन्न मन लाग्छ
फाइल फोटो।

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। ओलीले सोमवार नै मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा आफूमाथि आरोप लगाएको भन्दै प्रचण्डले जवाफ फर्काएका हुन्।

ओलीले एमालेका नेता माधव नेपाललाई ‘प्रचण्डको पुच्छर’ र नेपाली कांग्रेस ‘प्रचण्ड पथ’मा लागेको आरोप लगाएका थिए। प्रचण्डले आफू, नेपाल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको आलोचना गरेको सुन्दा ओली अब पराजित भएको बताए।

‘उहाँको आजको भाषण त कठै विचरा भन्न मन छ। केपीजी अब पराजित भइसक्नु भो,’ उनले भने।

उनले आफूहरुको आन्दोलन संवैधानिक भएकाले जितेको बताए। उनले ओली निकट नेताहरुको भाषण अदालतलाई धम्काउनका लागि भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell