PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

देउवा प्रधानमन्त्री भए सबैलाई खोप दिने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकमै निर्णय गरेर सबैलाई फ्रि अफ कस्ट खोप लगाउँछौ’



पहिलोपोस्ट

देउवा प्रधानमन्त्री भए सबैलाई खोप दिने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकमै निर्णय गरेर सबैलाई फ्रि अफ कस्ट खोप लगाउँछौ’
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएमा सबै नेपालीलाई खोप लगाउने बताएका छन्। प्रधानमन्त्री भएको मन्त्रिपरिषद्को पहिलो बैठकमा नै कोभिड-१९ नियन्त्रणका लागि खोपबारे निर्णय हुने उनले बताए।

सबैका लागि नि:शुल्क खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता भएको देउवाले बताए। बानेश्वरमा आयोजित ५ दलीय गठबन्धनको नागरिक समाजसँगको अन्तरर्क्रियामा देउवाले यस्तो बताएका हुन्। उनले खोपका विषयमा ठूलो चलखेल भएकाले ओली सरकार अनियमिततामा फसेको बताए।

‘हामी पहिलो क्याबिनेटमा फ्रि अफ कस्ट खोपको व्यवस्था गर्छौँ। खोपका विषयमा ठूलो चलखेल भइरहेको छ। प्रधानमन्त्री ओली कतिसम्म भइसक्नु भयो नि!’ उनले भने।

यसअघि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफूहरुको सरकारले खोपलाई प्राथमिकताका साथ अगाडी बढाउने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell