PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस



पहिलोपोस्ट

सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि डिआइजी सहकुल थापा सिफारिस भएका छन्।

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिले डिआइजी थापालाई बढुवा गर्ने सिफारिस गरेको हो।

मन्त्रिपरिषद् बैठकले एक जना एआइजीको दरबन्दी थप गरेपछि थापा बढुवा सिफारिसमा परेका हुन्।

हाल नेपाल प्रहरीमा प्राविधिक बाहेक चार एआइजी छन्। आगामी वैशाख महिनामा आइजिपी शैलेश थापा क्षेत्रीले अवकाश पाएपछि आइजीको प्रतिस्पर्धामा थापा पनि रहनेछन्।

यसअघि एआइजी विश्वराज पोखरेल आइजीका एक्ला दाबेदार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell