कोपा अमेरिकामा भोलि बिहान समूह चरणका अन्तिम दुई खेल हुँदैछन्। समूह 'ए' का अन्तिम दुई खेलमा भोलि बिहान पौने ६ बजे पाराग्वे र उरुग्वे भिड्नेछन् तथाअर्जेन्टिना र बोलिभिया भिड्नेछन्।
ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुने खेलमा पाराग्वे र उरुग्वे आमने सामने हुनेछन्। ६ अंक जोडेको पाराग्वे शीर्ष स्थानमा उक्लिने लक्ष्यका साथ मैदान उत्रने छ भने ४ अंक जोडेको उरुग्वे पनि जितको खोजीमा हुनेछ।
त्यस्तै बिहान नै हुने अर्को खेलमा समूहको शीर्षस्थानमा रहेको अर्जेन्टिनाले समूहको पुछारमा रहेको बोलिभियासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोली बीचको खेलमा अर्जेन्टिनाले जित समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गर्नेछ भने बोलिभिया सान्त्वना जित निकाल्न चाहन्छ। प्रतियोगितामा जितविहीन रहेको बोलिभिया यसअघि नै प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको छ।
समूह 'ए' मा ७ अंक जोडेको अर्जेन्टिना शीर्षस्थानमा छ भने ६ अंक जोडेको पाराग्वे दोस्रो स्थानमा, ५ अंक जोडेको चिली तेस्रो स्थानमा, ४ अंक जोडेको उरुग्वे चौथो स्थानमा छन्। त्यस्तै जितबिहीन बोलिभिया तालिकाको पुछारमा छ।
समूह 'बी' बाट यसअघि नै अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लागिसकेको छ। समूह बी बाट ब्राजिल, पेरु, कोलम्बिया र इक्वेडरले अन्तिम ८ मा स्थान बनाए भने भेनेजुएला प्रतियोगिताबाट बाहिरिएको छ।