PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा, पेनाल्टीमा चुके एम्बाप्पे



पहिलोपोस्ट

फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा, पेनाल्टीमा चुके एम्बाप्पे
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न अन्तिम १६ को खेलमा विश्वकप विजेता फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। रोमानियास्थित नेशनल एरेनामा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। तर अतिरिक्त समयमा दुबै टिमले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। र, पेनाल्टीमा फ्रान्सलाई ५-४ ले हराउँदै स्वीजरल्याण्डले क्वाटरफाइनलको यात्रा तय गर्‍यो।  

खेलको १५ औं मिनेटमै ह्यारिस सेफरोभिचको गोलमा स्वीजरल्याण्डले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको फ्रान्सका लागि करिम बेन्जेमाले ५७ औं मिनेटमा किलियन एम्बाप्पेको पासमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसअघि ५४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा स्वीजरल्याण्डका रोड्रिगेज चुकेका थिए। त्यस्तै ५९ औं मिनेटमा फ्रान्सका लागि बेन्जेमााले अर्को गोल थप्दै अग्रता पनि दिलाए। खेलको ७५ औं मिनेटमा फेरि फ्रान्सकै लागि पाउल पोग्वाले गोल थप्दा फ्रान्स ३-१ गोलअन्तरले अवस्थामा थियो। यद्यपि स्वीजरल्याण्डले खेलमा पुनरागमन गर्न सफल भयो। खेलको ८१ औं मिनेटमा सेफेरोभिचले नै गोल गर्दा ९० औं मिनेटमा मारियो मारिओ गाभरनोभिचले गोल गरे। र, खेल अतिरिक्त समयमा पुग्यो। तर, अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो।

पेनाल्टीमा फ्रान्सका किलियन एम्बाप्पे चुकेपछि स्वीजरल्याण्डले क्वाटरफाइनमा स्थान सुरक्षित गरेको हो।

क्वाटरफाइनलमा स्वीजरल्याण्डले स्पेनको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell