PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अर्जेन्टिनाको फराकिलो जितमा मेस्सीको दोहोरो गोल



पहिलोपोस्ट

अर्जेन्टिनाको फराकिलो जितमा मेस्सीको दोहोरो गोल
Photo: Copa America

कोपा अमेरिका अन्तर्गत आज बिहान समूह 'ए' का अन्तिम दुई खेल सम्पन्न भएका छन्।

आज एरेना प्यान्टानल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४-१ को फराकिलो जित निकालेको छ। खेलको छैटौं मिनेटमा अर्जेन्टिनाका अलेजान्ड्रो डारियो गोमेजले गोल गर्दै खेलमा अग्रता बनाए। त्यस्तै खेलको ३३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले अग्रता दोब्बर बनाए। मेस्सीले नै ४२ औं मिनेटमा पनि अर्को गोल थपे। र, पहिलो हाफमा अर्जेन्टिना ३ गोलले अघि रह्यो।

दोस्रो हाफमा बोलिभियाका एरविन साभेद्राले सान्त्वना गोल गरे। उनले खेलको ६० औं मिनेटमा गोल गर्दा अर्जेन्टिनाका लौटरो मार्टिनेजले ६५ औं मिनेटमा गोल थपे। र, अर्जेन्टिनाले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै आजै बिहान सम्पन्न अर्को खेलमा उरुग्वेले पाराग्वेमाथि १-० को जित निकाल्यो। उरुग्वेको जितमा एडिन्सन काभानीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै २१औं मिनेटमा निर्णायक गोल गरे।

यो सँगै समूह 'ए' बाट क्रमश अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली अन्तिम ८ मा प्रवेश गरे भने बोलिभिया प्रतियोगिताबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell