PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

यस्तो बन्यो कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण, ब्राजिलको प्रतिस्पर्धी चिली



पहिलोपोस्ट

यस्तो बन्यो कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण, ब्राजिलको प्रतिस्पर्धी चिली
फाइल फोटो: कोपा अमेरिका

कोपा अमेरिका अन्तर्गत आज दुई खेल भएसँगै समूह चरणका खेलहरु सकिएका छन्। पाँच/पाँच टिमको दुई समूह रहेको प्रतियोगितामा समूह 'ए' बाट बोलिभिया र समूह 'बी' बाट भेनेजुएला बाहिएरिएको छ।

समूह 'ए' को शीर्ष चारमा रहँदै १० अंक जोडेको अर्जेन्टिना, ७ अंक जोडेको उरुग्वे, ६ अंक जोडेको पाराग्वे र पाँच अंक जोडेको चिलीले अन्तिम ८ मा स्थान बनाए।

त्यस्तै समूह 'बी' मा १० अंक जोडेको ब्राजिल, ७ अंक जोडेको पेरु, ४ अंक जोडेको कोलम्बिया र ३ अंक जोडेको इक्वेडरले क्वाटरफाइनलमा स्थान बनाए।

यस्तो बन्यो क्वाटरफाइनलको समीकरण

समूह चरणका खेलहरु सकिएसँगै क्वाटरफाइनलको समीकरण पुरा भएको छ। जसअनुसार ब्राजिलले चिलीसँग, अर्जेन्टिनाले इक्वेडरसँग, उरुग्वेले कोलम्बियासँग र पाराग्वेले पेरुसँग प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै अर्जेन्टिना र इक्वेडरबीचको विजेताले सेमिफाइनलमा उरुग्वे र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ। त्यस्तै ब्राजिल र चिलीबीचको विजेताले सेमिफाइनलमा पाराग्वे र पेरुबीचको विजेतासँग खेल्नेछ।

कुन दिन कुन खेल?

पेरु भर्सेस पाराग्वे: जुलाइ ३, शनिवार, बिहान पौने ३ बजे

ब्राजिल भर्सेस चिली: जुलाइ ३, शनिवार, बिहान पौने ६ बजे

उरुग्वे भर्सेस कोलम्बिया: जुलाइ ४, आइतवार, बिहान पौने ३ बजे

अर्जेन्टिना भर्सेस इक्वेडर: जुलाइ ४, आइतवार, बिहान पौने ६ बजे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell