PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

युरो कपमा आज दुई खेल: इङ्ग्ल्याण्डलाई जर्मनीको चुनौती



पहिलोपोस्ट

युरो कपमा आज दुई खेल: इङ्ग्ल्याण्डलाई जर्मनीको चुनौती
Photo: Reuters

यूईएफए युरो कपमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा दुई हेबि वेट मानिएका जर्मनी र इङ्ग्ल्याण्ड आमनेसामने हुनेछन्।

समूह चरणमा जर्मनी 'ग्रुप अफ डेथ' मानिएको समूह 'एफ' बाट उपविजेता बन्दै अन्तिम १६ मा आइपुगेको थियो। समूह चरणमा फ्रान्ससँग पराजय ब्यहोरेको जर्मनीले पोर्चुगललाई हराएको थियो भने हंगरीसँग बराबरी खेल्दै ४ अंक जोडेको थियो।

अर्कोतर्फ इङ्ग्ल्याण्ड समूह 'डी' को विजेता बनेको थियो। समूह चरणमा क्रोएसिया र चेक रिपब्लिकलाई हराएको इङ्ग्ल्याण्डले स्कटल्याण्डसँग बराबरी खेल्दै ७ अंक जोडेको थियो।

यी दुई टोली आज बेलुकी पौने १० बजे वेम्बली स्टेडियमम आमनेसामने हुनेछन्।

त्यस्तै आजै राति हुने अर्को खेलमा स्वीडेन र युक्रेन आमने सामने हुनेछन्। खेल राति पौने १ बजे स्कटल्याण्डको हम्पडेन पार्कमा सुरु हुनेछ।

यसअघि समूह चरणमा स्वीडेन समूह ई को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो। समूहमा स्वीडेनले स्पेनसँग बराबरी खेलेको थियो भने स्लोभाकिया र पोल्याण्डलाई हराएको थियो। त्यस्तै युक्रेन समूह 'सी' को तेस्रो स्थानमा रहेर पनि तेस्रो स्थानमा रहेका टिममध्ये उत्कृष्ट चारमा पर्दै अन्तिम १६ को यात्रा तय गरेको थियो।

आजको खेलसँगै अन्तिम १६ का खेलहरु सकिने छन् र क्वाटरफाइनलको समीकरण पुरा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell