PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

खुकुलो भयो निषेधाज्ञा : चल्न थाल्यो बस, यस्तो देखियो सडकमा चहलपहल

खुकुलो भयो निषेधाज्ञा : चल्न थाल्यो बस, यस्तो देखियो सडकमा चहलपहल

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएको छ। प्रशासनले २५ सिटभन्दा धेरै भएको सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा आजबाट संचालन गर्न दिएको छ। जसकारण बिहानैदेखि उपत्यकामा सवारी साधनको चहलपहल बाक्लिएको छ।

सार्वजनिक यातायात संचालन हुने भएपछि करिब दुई महिनादेखि बन्द रहेका कार्यालयहरु आजबाट खुल्न थालेका छन्। जडिबुटी, कोटेश्वर  र सातदोबाटोतिर यातायातका साधनहरु उल्लेख्य संख्यामा देखिएका छन्। एकसाथ धेरै सवारी साधन निस्किँदा केही क्षेत्रमा जाम समेत भएको छ।

थप एक साताको लागि थपिएको निषेधाज्ञामा पनि अब पसलहरु भने दैनिक खुल्ने भएका छन्। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसल सबै दिन खुल्ने भएपछि बजारमा मानिसहरुको संख्या पनि बढेको छ।

यस्तै, बाहिर जिल्लाहरुबाट मानिसहरु उपत्यका भित्रिने क्रम पनि बढेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell