PahiloPost

May 14, 2024 | १ जेठ २०८१

गायक तथा संगीतकार माणिक रत्नलाई 'अजर अमर सम्मान'



पहिलोपोस्ट

गायक तथा संगीतकार माणिक रत्नलाई 'अजर अमर सम्मान'

काठमाडौं : गायक तथा संगीतकार माणिक रत्न स्थापित 'अजर अमर सम्मान २०७८' बाट सम्मानित भएका छन्। संगीतकार संघ नेपालले उनलाई १ लाख १ सय ११ रुपैंयाँ नगदसहित सम्मान गरेको हो।

सोमबार संघका संरक्षक शम्भुजित बास्कोटाको नेतृत्वमा उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानको समूहले ललितपुर खुमलटारस्थित निवासमा गई रकम हस्तान्तरण गरेको हो।

वि.सं १९९४ सालमा काठमाडौंको मख्खन टोलमा जन्मिएका उनले २००७ सालमा बालगीतमा स्वर भरेर औपचारिक गायन यात्रा सुरु गरेका थिए। उनका ‘त्यो खोलाको सङ्लो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आउ जुन कोठामा राति’ जस्ता दर्जनौं गीत लोकप्रिय छन्।

२०१३ सालदेखि माणिकरत्नले प्रेमध्वज प्रधानसँग मिलेर थुप्रै गीतमा सहकार्य गरेका थिए। 'प्रेम माणिक' नामले कैयौँ कालजयी संगीत सिर्जना गरेका थिए। जसमध्ये उनीहरुको जोडीको सहकार्य रहेको गीत हो ‘गोरेटो त्यो गाउँको’ गीतमा संगीत माणिकरत्नको हो भने स्वर प्रेमध्वजको।

संगीतकार संघले महामारीका कारण सार्वजनिक कार्यक्रम नगरी घरमै गई सम्मान र नगद हस्तान्तरण गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell