PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

छिप्छिपे हिलो छ्यापाछ्याप, माटोको टीका र धानको जमरा बनाएर यसरी रमाए युवा

छिप्छिपे हिलो छ्यापाछ्याप, माटोको टीका र धानको जमरा बनाएर यसरी रमाए युवा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : असार १५ अर्थात् राष्ट्रिय धान दिवश। दही चिउरा खाएर, रोपाइ गरेर मनाइन्छ यस दिन। आजभोलि त हिलो खेल्नु र खेतमा मनोरञ्जनात्मक गतिविधिहरू गर्नु चलन नै बनिसक्यो।

आज खेतमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाउने गर्छन्।

‘मानो खाएर मुरी उब्जाउने’ महिनाको यस मध्ये दिनमा नलिनचोक बाँसघारीमा पनि रोपाइलगायत अन्य गतिविधि भए। असारे भाकामा गीत गाउँदै छुपुछुपु धान रोप्नेदेखि हिलो खेल्नमात्र आएकाहरू मिलेर रमाइलो गरे।

कतिले त माटोको टीका र धानको जमरासमेत लगाएर रमाए।



ट्रेन्डिङ पोस्ट

Ncell