PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कालो चश्मा ढल्‍काएर धान रोप्दै दीपाश्री निरौला र स्वस्तिमा खड्का!



पहिलोपोस्ट

कालो चश्मा ढल्‍काएर धान रोप्दै दीपाश्री निरौला र स्वस्तिमा खड्का!

काठमाडौं : असार १५ किसानहरूका लागि उत्सव हो। रोपाई मध्यतिर पुग्ने यस मौसममा किसान हिलो र धानका बिउसँगै रमाउँछन् खेतमा। आम नेपाली पनि यस दिन दही चिउरा खाएर राष्ट्रिय धान दिवश मनाउँछन्। जसका लागि कार्यक्रमहरू नै आयोजना समेत हुन थालेका छन्।

खेतमा हिलो खेलेको, नाचेको र रमाए फोटोहरू सामाजिक सञ्जालमा खुब छाउँछ यसदिन। कलाकार दीपाश्री निरौलाले पनि आजकै केही तस्विर फेसबुकमार्फत् सार्वजनिक गरेकी छिन्। जसमा उनी र अभिनेत्री स्वस्तिमा खड्का खेतमा रमाइरहेका छन्। रोचक त के भने ती तस्विरमा उनीहरू दुबैले चश्मा लगाएका छन्।

पोस्ट राखेपछि प्रतिक्रिया आउनु स्वभाविक हो। उनलाई फेसबुकमा पच्छ्याउने प्रायले दुबै कलाकारको चश्मामा जोड दिँदै प्रतिक्रिया जनाएको देखिन्छ। प्रेमेश नेपाल नामक प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्,'चश्मा लगाएर धान रोप्न जाने नमूना पनि देखियो।'

त्यस्तै नारायण दाहालले प्रश्न गरेका छन्,'फोटो खिच्नमात्र खेतमा जानेहरुको पोष्टले वास्तविक किसानहरुको अपमान भएजस्तो लाग्दैन?'

केहीले भने 'कठै कपडामा हिलो लाग्ला है। विचार गरौं, कलाकार महोदयहरू' भन्दै व्यङ्ग्य गरेका छन्।

उनीहरू भक्तपुरमा रास्ट्रिय युवा संघ नेपालले आयोजना गरेको असार १५ विशेष कार्यक्रममा गएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell