PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिना जेल सजाय



पहिलोपोस्ट

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिना जेल सजाय

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय घोषणा भएको छ। अदालतको मानहानी गरेको भन्दै त्यहाँ सबैभन्दा ठूलो संवैधानिक अदालतले सजाय दिएको हो।

ज्याकब राष्ट्रपति हुँदा उनीविरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो। उनले कारोबारी घराना र राजनेतासँगको सहकार्यमा निर्णय लिने प्रक्रिया प्रभावित गरेको बताइएको थियो। ज्याकबको कार्यकाल २०१८ मै सकियो।

त्यस विषयमा उनी एक अनुसन्धान आयोग समक्ष पेश हुनुपर्ने थियो। तर, भएनन्। एक पटक उपस्थिति जनाएर आरोप झुटो भएको बताएका थिए।

आयोगका प्रमुख जस्टिस रेमन्ड जोंडोले इजलासले संवैधानिक अदालतलाई यस विषयमा चासो दिन आग्रह गरेको हो। बीबीसी हिन्दीका अनुसार उनी तत्काल गिरफ्तार हुन्छन् कि हुँदैनन् भन्ने प्रष्ट छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell