PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

टोखामा रोपाइँको रमाइलो : रोपाहारले खेले हिलो, उपमेयर नाचिन् नेवारी असारे भाकामा

टोखामा रोपाइँको रमाइलो : रोपाहारले खेले हिलो, उपमेयर नाचिन् नेवारी असारे भाकामा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज असार १५ अर्थात धान दिवस। देशभर दही चिउरा खाँदै रोपाइ गरेर धान दिवस मनाइएको छ। यही क्रममा उपत्यकाका किसानले पनि धान रोपेर यो दिवस मनाएका छन्।

आज हिलो खेल्दै असारे गीत गाएर खेतमा मनोरञ्जनात्मक गतिविधिहरू पनि गरिए। यसपटक मनसुन चाँडै प्रवेश गरेकोले टोखामा पनि धान रोपिएको छ। सो क्रममा टोखाका खेतहरुमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर धान दिवस मनाएका छन्।

टोखा नगरपालिकाकी उपप्रमुख ज्ञान माया डंगोललाई पनि असारे भाकामा गीत गाउँदै नाच्दै खेतमा छुपुछुपु धान रोप्दै गरेको देखियो। नेवारी भाषामा रोपाहारहरुले असारे गीत गाउँदै हिलो खेल्दा माहोल अत्यन्तै रोमाञ्चक बनेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell