PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सरकारविरुद्ध विरोधमा उत्रिएका नेविसंघका तीन जना नेता पक्राउ



पहिलोपोस्ट

सरकारविरुद्ध विरोधमा उत्रिएका नेविसंघका तीन जना नेता पक्राउ

काठमाडौंः सरकारको विरोध गर्दै राँके जुलुस निकालेका नेपाल विद्यार्थी संघका तीन नेताहरु पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार साँझ काठमाडौंको पब्लिक युथ क्याम्पसबाट नियन्त्रणमा लिइएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए।

'अधिनायकवादी र स्वेच्छाचारीको विरुद्धमा हामीले आन्दोलन गरेका थियौँ', भट्टराईले भने, 'यही क्रममा साथीहरुलाई पक्राउ गरी सोह्रखुट्टे प्रहरी चौकीमा लगियो।'  

प्रहरीले सागरबाबु भट्ट, सागर खत्री र प्रज्वल अधिकारीलाई पक्राउ गरेको हो।

उनीहरुलाई बिनाशर्त तत्काल रिहाइ गर्न भट्टराईले माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell