PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

१० खेलाडीमा समेटिएको स्वीडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा



पहिलोपोस्ट

१० खेलाडीमा समेटिएको स्वीडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा
Photo: Reuters

यूईएफए यूरो कप अन्तर्गत आज सम्पन्न प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलमा युक्रेनले २-१ को रोमाञ्चक जित निकालेको हो।

खेलको २७ औं मिनेटमा ओलेक्स्यान्डर जिन्छेन्कोको गोलमा युक्रेनले अग्रता बनाएको थियो। तर ४३ औं मिनेटमा इमिल फोर्सबर्गले स्वीडेनका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बियो।

खेलको ९९ औं मिनेटमा स्वीडेनका मार्कस ड्यानिएलसन रेड कार्ड खाँदै बाहिरिँदा खेल स्वीडेन १० खेलाडीमा समेटियो। खेलमा जित सुरक्षित गर्न भने युक्रेनले अतिरिक्त समयपछिको इन्ज्युरी समयसम्म कुर्नुपर्यो। जहाँ अर्टेम डोभबाएकले गोल गर्दै युक्रेनको जित सुनिश्चित गरे।

जितसँगै युक्रेनले क्वाटरफाइनलमा इङ्ग्याण्डको सामना गर्नेछ। इङ्ग्याण्डले गएराति सम्पन्न खेलमा जर्मनीमाथि २-० को जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell