काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सरकारी वकिलहरुले बहस सकाएका छन्। सोमबार महान्यायाधिवक्ता रमेश बडालले बहस प्रारम्भ गरेका थिए। मंगलबार नायव महान्यायाधिवक्ताहरुले बहस गरेका थिए भने आज सह-न्यायाधिवक्ताहरुले बहस गरे।
सम्बन्धित समाचार : इजलासमा राष्ट्रपतिको निर्णयको बचाउ गर्दै सह-न्यायाधिवक्ताहरु, 'प्रधानमन्त्री कसलाई बनाउने राष्ट्रपतिको सन्तुष्टिको विषय हो'
अब प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानून व्यवसायीहरुले बहस सुरु गरेका छन्।
विपक्षीको लागि बहसका लागि १५ घण्टाको समय छुट्याइएको छ। अब विपक्षीसँग ६ घण्टा ५० मिनेट समय बाँकी छ। यही समय अविधिमा सभामुखका वकिलहरुका लागि १ घण्टाको समय दिइनेछ।