PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक सुरु, नेपाल समूह अनुपस्थित

बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक सुरु, नेपाल समूह अनुपस्थित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक सुरु भएको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए।

उनका अनुसार बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गर्न बारेमा बैठकले निर्णय गर्नेछ।

बैठकमा पूर्व माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरु सहभागी भए पनि एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूह भने अनुपस्थित रहेका छन्। ओली समूहले नेपाल-खनाल समूहलाई बैठकका लागि आह्वान गरेको भए पनि नेपाल समूहले अस्वीकार गरेको हो।

मंगलवार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो। उक्त निर्णयपछि महाधिवेशन आयोक कमिटी भंग हुनेछ भने एमालेको २४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँतिने ओली समूहका नेताहरुले बताएका छन्।

फागुन २३ को सर्वोच्च अदालतको एमाले माओवादी केन्द्र अलग हुनुपर्ने फैसला पछि लगातार जेठ २ को कमिटीमा फर्कनुपर्ने भन्दै आवाज उठाइरहेको नेपाल-खनाल समूहले भने आफ्नो पछिल्लो धारणा भने सार्वजनिक गरेको छैन। नेपाल समूह पनि आफ्नो रणनीति बनाउन बुधवार छलफलमा जुटेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell